Comments Add Comment

तीस कटेसी यसरी रहने फिट एन्ड फाइनः ३८ बर्षे करिनाको टिप्स

चिकित्सकहरु भन्छन्, तीस बर्ष पार गरेपछि स्वास्थ्यको अरु बढी ख्याल राख्नुपर्छ ।

किनभने उमेरको यही चरणमा पुगेपछि अनेकन रोगहरु लाग्ने संभावना रहन्छ । ३० बर्षको उमेर भनेको गृहस्थी जीवन विताउने उमेर पनि हो । यतिबेला आफ्नो मात्र होइन, परिवार, छोराछोरी सबैप्रतिको दायित्व पनि आफुले निर्वाह गर्नुपर्ने हुन्छ ।

अतः घर-गृहस्थीमा फस्दै गएपछि मान्छेले आफ्नो व्यक्तिगत स्वास्थ्य, सौन्दर्य, तन्दुरुस्ती गुमाउँदै जान्छ । अझ छोराछोरी हुर्काउने दायित्व बढेपछि त उनीहरु आफुलाई भुलेर छोराछोरी र परिवारकै खातिर काम गर्छन् ।

तर, यस्ता व्यक्तिपनि हुन्छन्, जसले पारिवारिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेका हुन्छन् । साथसाथै आफुलाई पनि समय दिइरहेका हुन्छन् । अर्थात आफ्नो स्वास्थ्य, तन्दुरुस्ती, सौन्दर्यका लागि पनि समय दिइरहेका हुन्छन् । पारिवारिक जिम्मवरी र आफ्नो व्यक्तिगत विकासलाई सन्तुलित ढंगले अगाडि बढाइरहेका हुन्छन् ।

उदाहरण लिन सकिन्छ, बलिउड अभिनेत्री करिना कपूरलाई ।

उनी उमेरले ३८ बर्षकी भइन् । अभिनेता सैफ अली खानसँग दाम्पत्य जीवन विताइरहेकी छिन् । उनी आमा पनि हुन् । करिनाले छोरो तैमूर हुर्काइरहेकी छिन् ।

उनको पारिवारिक जीवनमा कुनै खटपट छैन । परिवारसँग पर्याप्त समय विताइरहेका हुन्छन् । छोरो तैमूरको रेखदेख पनि गरिरहेकै हुन्छन् । तर, यससँगै उनले आफुलाई पनि मेन्टेन गरिरहेकी छिन् ।

गर्भावस्था एवं बच्चा जन्माइसकेपछि उनको मोटोपन बढेको थियो । यस्तो अवस्थामा महिलाहरुको मोटोपन बढ्छ र उनीहरुले सौन्दर्यलाई भन्दा बढी स्वास्थ्यलाई ध्यान दिनुपर्ने हुन्छ । तर, बच्चा जन्माएको केही समयपछि उनी फेरी पुरानै लयमा फर्किइन् । उनी आमा जस्तो होइन, बरु मस्त जवान युवती झै देखिइन् ।

करिनाको कुरा

जतिबेला करिना करियरको उत्कर्षमा थिइन्, ठिक त्यही बेला उनले सैफ अली खानसँग विवाह गरिन् । एकपछि अर्को हिट फिल्म दिइरहेकी करिना त्यसबेला अभिनयको कारण मात्र चर्चामा थिइनन्, सुडौल शरीरको कारण पनि उनको चर्चा हुन्थ्यो ।

बलिउडमा जीरो फिगरकी मानक बनेकी करिना आफुलाई मेन्टेन गर्न कतिसम्म मेहनत गर्छन् भन्ने कुरा पनि चर्चाको विषय बन्ने गर्छ । उनको खानपान, जीवनशैली, व्यायाम, योगा जस्ता पाटो पनि उत्तिकै चर्चायोग्य छ ।

बलिउडकी सबैभन्दा फिट र स्लिम अभिनेत्रीमा एक हुन् उनी । उनले आफुलाई फिट राख्नका लागि जिममा घण्टौ पसिना बगाउँछिन् । साथै फिट एन्ड फाइन रहन खानपानमा पनि ध्यान दिने गरेकी छिन् ।

करिनाको फिटनेस टिप्स

केही समयअघि करिनाको एक भिडियो खुब भाइरल भयो, जसमा उनले फिटनेस टिप्स दिइरहेकी देखिन्थे । करिना भन्छिन् कि फिट रहनका लागि सबैभन्दा राम्रो तरिका व्यायाम वा वर्कआउट हो । उनले बताएकी छिन् कि, उनी खानामा चामल, रोटी र टोस्ट सेवन गर्छिन् । यसपछि उनी फलफूल र सब्जी सेवन गर्छिन् । खानापछि हिँडडुल गर्न पनि निकै आवश्यक भएको उनको भनाई छ ।

हल्का र हेल्दी

आफुलाई स्वस्थ्य राख्नका लागि र स्लिम फिगरका लागि करिनाले डाइटमा हल्का खानेकुरा सेवन गर्छिन् । डाइटिशियनको सल्लाह अनुसार उनी प्रोटिन र भिटामिन्सले भरपुर डाइट लिने गर्छिन् ।

मेटाबोलिज्म बुस्ट गर्ने खाना

करिना ब्रेकफास्ट गरेपछि मात्र व्यायाम गर्छिन् । विहान उठेपछि केही न केही खानुपर्छ भन्ने उनको मान्यता छ । उनी भन्छिन् कि मेटाबोलिज्म बुस्ट गर्नका लागि विहान उठ्नसाथ केही न केही खानुहोस् ।

भिजाएको बदाम

करिना विहान उठेको १५ मिनेटपछि केही फल वा भिजाएको बदाम सेवन गर्छिन् । यसले उनको शरीरमा दिनभरको लागि उर्जा दिने उनको बुझाई छ ।

पर्याप्त पानी

करिना दिनभरमा ८ देखि १० गिलास पानी पिउने गर्छिन् । उनीका अनुसार स्वस्थ्य रहन र चम्किलो छालाको लागि पनि पर्याप्त पानी आवश्यक हुन्छ । पानीले शरीरको विषाक्त तत्व बाहिर निकाल्ने भएकाले शरीर स्वस्थ्य हुन्छ ।

पोस्ट वर्कआउट डाइट

वर्कआउटपछि करिना कपूर खाना खान्छिन् । यसलाई उनी अर्ली लन्च पनि भन्छिन्, जसमा दही, चामल, वा दही ओट्स, मुसली वा सब्जीसँग मल्टी ग्रेन रोटी सामेल हुन्छ । यसका साथै करिना हप्तामा तीन दिन लौका, करेला, सीमी सेवन गर्छिन् ।

कार्डियो व्यायाम

करिना कपूर हरेक दिन कम्तीमा एक घण्टा कार्डियो व्यायाम गर्छिन् । यसा साथै उनी योग, नृत्य, बाइकिङ, स्विमिङ गर्छिन् ।

५०० पटक कपालभाती र ५० पटक सूर्य नमस्कार

अक्सर बलिउड अभिनेत्रीहरु योग एवं ध्यानमा निकै लगाव राख्छन् । करिना पनि योगमा लगाव राख्छिन् । उनी दिनमा पाँच सय पटक कपालभाती  गर्छिन् । त्यसैगरी ५० पटक सूर्यनमस्कार गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment