Comments Add Comment

डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा लोकराज विजयी

२४ चैत, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा लोकराज भट्ट निर्वाचित भएका छन् । भट्ट ५१० मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्धन्द्वी भोजराज भट्टले ४९९ मत प्राप्त गरे ।

यस्तै, सचिवमा वासुदेव जोशी निर्वाचित भएका छन् । उनले ४९५ मत प्राप्त प्राप्त गरे । उनका प्रतिद्धन्द्वी विष्णुराज जोशीले ४८३ मत प्राप्त गरे ।

यसअघि संघको प्रथम उपाध्यक्षमा द्धिजराज भट्ट, द्धितीय उपाध्यक्षमा दीपक महता, महाचिवमा खेमराज अवस्थी र कोषाध्यक्षमा लालमणि पन्त निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा बसन्तराज चटौत, लालबहादुर मडौं, दीपेन्द्र रुपाली, मनोजकुमार पाठक, दिनेश पनेरु, दीपेन्द्र सिंह, लक्ष्मीकुमार ऐर, महेश कठायत, हरिप्रसाद उप्रेती र गणेशबहादुर ऐर निर्वाचित भएका छन् ।

शनिबार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो । राति ११ बजेबाट सुरु भएको मतगणनाको परिणाम विहान घोषणा गरिएको हो ।

यता, अध्यक्षमा पराजित भोजराज भट्टले भने १०० मत भएको मतपेटिकामा ६ मत बढी भेटिएको भन्दै धाँदली गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment