Comments Add Comment

वाइडबडी विमान : लक्ष्य अनुसार उडान नभर्दा ६ महिनामै डेढ अर्ब घाटा

२९ चैत, काठमाडौं । नेपाल वायु सेवा निगम वाइडबडी बिमान खरिद गर्दा भएको घोटालाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । वाइडबडी बिमानले लक्ष्य उडान भर्न नसक्दा थप नेक्सानी भोग्नु परेको पाइएको छ ।

महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनअनुसार सुरुवाती ६ महिनामा मात्र निगमले डेढ अर्ब भन्दा बढी नोक्सानी व्यहोरेको हो । विमान खरिद प्रक्रिया सुरु गरेपछि निगमले ८ असोज २०७३ मा व्यवसायिक योजना तयार गरेको थियो ।

जसअनुसार २०१९ बाट दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनु पर्ने थियो । तर, अहिलेसम्म वाइडबडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन ।

‘गन्तव्य टुंगो लगाई लक्ष्यअनुरुप उडान गर्न नसक्दा २०७५ साउनदेखि पुसम्म ६ महिनामा १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन गएको छ’ प्रतिवेदनमा भनिएको छ ।

विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २३ करोड ६१ लाख ऋण लिएको छ । जसमध्ये विमान खरिद गर्दा २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ । तर, व्यवसायिक योजना अनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न समेत अवस्थामा पुगेको छ ।

महालेखाको बार्षिक प्रतिवेदनअनुसार पुस ३० भित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता ८० करोड ४२ लाख रुपैयाँ तिर्न सकेको छैन । ‘लामो दुरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बृद्धि हुने स्थिति छ’ प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment