
३० चैत, बुटवल । तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ ।
बुटवलका १६ बर्षीय सिद्धार्थ शाक्यको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका उनको डुबेर मृत्यु भएको हो ।
उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जनाको समूह घुम्न निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसईई दिएका थिए ।
उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताए । ‘साथीहरुसँग घुम्न गएका रहेछन्, फोटो खिच्न खोलामा पुगेको बेला पानीको भुमरीमा परेपछि साथीहरुले निकाल्न नसक्दा उनको ज्यान गयो’ स्थानीय उद्धारकर्ता बिष्णु पाण्डेले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4