News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले आज बसेको सचिवालय बैठकबाट विभिन्न विभागमा सदस्य थपेर पार्टी केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिएको छ।
- युवा तथा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गरिएको छ।
- अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की तथा सार्वजनिक सेवा विभागमा जयराम गुरुङ र राजकुमार श्रेष्ठ मनोनित भएका छन्।
४ असोज, काठमाडौं । रास्वपाले आफ्ना विभिन्न विभागमा सदस्यहरू थप गरेको छ। आज बसेको सचिवालय बैठकले ती विभागमा सदस्यहरू मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार पार्टी केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिइएको छ। अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुंखे र अधिवक्ता श्वेता कुमारी मनोनित भएका छन्।
त्यस्तै युवा तथा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई मनोनयन गरिएको छ। साथै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई मनोनित गरिएको रास्वपाले जनाएको छ।
प्रतिक्रिया 4