+
+
Shares

लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते २०:१५

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उनले वृद्धभत्ता बढ्ने बताएका हुन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ।

वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको प्रधानमन्त्रीले दावी गरे । ‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’ उनले भने वृद्धभत्ता बढ्दैछ ।’ वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।

उनले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने जिकिर गरे । उनले अपवादमा मात्रै मान्छेहरु विरामी हुने उनको दावी गरे ।

‘बिरामी अपवादमा मात्र हुन सक्छन्, कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले विरामी, रोगलाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता अनेक कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर विरामी अब हुँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?