Comments Add Comment

जब ब्याट बोकेर मदनकृण श्रेष्ठ मैदान छिरे ….

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्रिकेटरहरु भेटिनु कुनै नौलो होइन । तर, शनिबार क्रिकेटरहरुसँगै कलाकारको बाक्लो उपस्थिति थियो । उनीहरु पनि क्रिकेट जर्सी लगाएका थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई क्रिकेट ब्याट दिए ।

श्रेष्ठ मैदान मात्र छिरेनन्, क्रिकेट खेलेर आफ्नो टिमलाई ५ रनको जित समेत दिलाएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोग जुटाउने उद्देश्यले शनिबार त्रिवि मैदान कीर्तिपुर कलाकार ए र बी तथा नेपाल ए र बी बीच च्यारिट म्याच भएको थियो ।

कलाकार ए टिमको नेतृत्व श्रेष्ठले गरेका थिए । उनको टिमले १० ओभरमा ५ विकेट गुमाउँदै ७६ रन बनायो । जवाफमा उत्रिएको कलाकार ‘बी’ ले ५ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment