Comments Add Comment

सरकारले मागे भन्दा १० गुणा दियोः सिके राउत

३० चैत, सिरहा । सरकारसँग ११ बुँदे सहमति गरेर जनमत पार्टी गठनको निर्णय गरेका सिके राउतले पहिलो पटक ‘जनमत संग्रह’बारे सार्वजनिक रुपमा बोलेका छन् ।

सहमतिमा हस्ताक्षर भएको दिन उनले जनमत संग्रहको सहमति भएको दाबी गरेपछि सरकारको चौतफी आलोचना भएको थियो । उनको पार्टीका नेताहरुले सहमतिमा रहेको जनअभिमतको अर्थ जनमत संग्रह नै भएको दाबी गरेपनि राउत बोलेका थिएनन् ।

शनिबार सिरहाको मिर्चेयामा जनमत पार्टीले आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै राउतले सरकारसँग भएको सम्झौता मधेशी जनताको ऐतिहासिक विजयी भएको बताए ।

आफू नझुकेको बरु, सरकार आफूसँग सहमति गर्न आएको उनको दाबी छ । ‘हिजो धरपकड गर्ने, दमन गर्ने सरकारले अहिले सुरक्षा पाि दिइरहेको छ’ राउतले भने ।

आफूहरुले मागेभन्दा दश गुण बढी सरकारले दिएको उनको दाबी छ । ‘हामीले नारा दिँदा ‘अबकी बार एक ही माग जनमत संग्रहका हो ऐलान’ भन्ने गरेका थियौं’ राउतले भने, ‘तर सरकारले जनअभिमत दिएको छ । यो जनमत संग्रहभन्दा ठूलो कुरा हो ।’

मधेसी दलको दोकान बन्द हुन्छ

सम्बोधनका क्रममा राउतले मधेस केन्द्रीत दलहरुलाई सामन्तवादी, जमिन्दार र ठेकेदारको संज्ञा दिए । कुनै पनि दलको नाम नलिएपनि उनले उनीहरुको ‘दोकान’ चाँडै बन्द हुने बताए ।

‘सिके राउत सरकारसँग झुकेर सहमति गरेको भनेर भ्रम फैलाउनेहरुको दोकान चाँडै बन्द हुन्छ’ उनले भने, ‘आफ्नो ठेकेदारी, सामन्तवादी बन्द हुने देखेर यस्तो भ्रम फैलाइरहेका छन् ।’

अघि भने, ‘उनीहरुले मधेसीको अधिकार चाहँदैनन्, किनभने मधेसीले अधिकार पाउँदा उनीहरुको सामन्ती प्रथा रहन सक्दैन ।’

फोहोर हटाउन राजनीतिमा आएँ

राउतले मधेसमा फोहोरी राजनीति भइरहेको बताए । त्यही फोहोर हटाउन आफू राजनीतिमा आएको सुनाए । ‘मधेशमा एउटा पार्टीको आवश्यक्ता थियो’ उनले भने, ‘मेरो राजनीति बिरासत छैन । तर, राजनीतिको फोहोर हटाउनकै लागि राजनीति गर्छु ।’

उनले राजनीतिबाट आफूहरुलाई सांसद र मन्त्री बन्ने इच्छा समेत नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment