+
+
Shares

सेफ्टी ट्यांकीमा भेटियो युवकको शव, हत्या आरोपमा चार जना पक्राउ

महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
  • बलवा नगरपालिका-७ बनौटाका अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीमा भंगहा नगरपालिका-६ का २५ वर्षीय विवेक सरदारको शव क्षतविक्ष अवस्थामा फेला परेको थियो।
  • विवेक भदौ १३ गतेदेखि सम्पर्कविहीन थिए, र उनको अन्तिम मोबाइल लोकेसन तथा कल डिटेल्स घटनास्थलनजिकै देखिएको प्रहरीले जनाएको छ।

२४ भदौ, जनकपुरधाम। महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

महोत्तरीको बलवा नगरपालिका ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शुक्रबार महोत्तरीकै भंगहा नगरपालिका-६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव क्षतविक्ष अवस्थामा फेला परेको थियो

बिहीबार नै घरधनी अशोक ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि घटनाको रहस्य खुलेको छ। शव फेला परेपछि अन्य तीनजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विटु साहले जानकारी दिए।

अशोक ठाकुरका छोरा जितेन्द्र ठाकुर भने फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

विवेक भदौ १३ गतेदेखि सम्पर्कविहीन थिए। उनको अन्तिम मोबाइल लोकेसन घटनास्थलनजिकै र अशोक ठाकुरको बुहारीसँग अन्तिम कल डिटेल्स देखिएको अनुसन्धानमा खुलेको छ।

विवेकको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी टयांकीमा राखेर माथिबाट पलास्टर गरिएको थियो। प्रहरीले सेफ्टी ट्यांकी फोडेर शव निकालेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?