+
+
Shares

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ७:४३
सांकेतिक फोटो

८ साउन, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारामा खाना खाँदाखाँदै एक जनाको मृत्यु भएको छ ।

संगम वाइन होटलका कर्मचारी स्थानीय २६ वर्षीय सन्जय यादवको खाना खाँदाखाँदै ज्यान गएको हो ।

गएराति ११ बजे होटलमा खाना खाँदै गर्दा उनी अचानक बेहोस भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरी पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनको मृत्युको कारण खुलिसकेको छैन । अनुसन्धानका लागि होटल धनी विमल कुमार चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ताप्लेजुङमा घरको फलैँचाबाट लडेर एक जनाको मृत्यु

यसैगरी ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ डाँडागाउँमा फलैँचाबाट लडेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय ३६ वर्षीय कुमार गुरुङको मृत्यु भएको हो ।

घरमै रहेको सिमेन्टको फलैँचामा सुतिरहेको अवस्थामा हिजो साँझ साढे ६ बजे उनी लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?