२३ फागुन, काठमाडौं । ताप्लेजुङमा अहिले नेपाली कांग्रेशका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू ३ हजार २७२ मतसहित अग्रस्थानमा छन् ।
तर, उनलाई नेकपा एमालेका क्षितिज थेबेले कडा टक्कर दिइरहेका छन् । थेबेले अहिलेसम्म ३ हजार १४० मत ल्याएका छन् । उनीहरूबिच १३२ मतको मात्र अन्तर छ ।
नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसदा बुढाढक्षेत्री १ हजार ८५० मत सहित तेस्रोमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अहिले चौथो स्थानमा छ । त्यहाँ रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठले १ हजार ७१ मत ल्याएका छन् ।
यो निर्वाचनमाम ताप्जेलुङमा १३ उम्मेदवार चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4