News Summary
Generated by OK AI. Editorially reviewed.- ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ को याङ मतदान केन्द्रमा ६२ मतदाता मात्र छन् र मतदान कर्मचारी फाल्गुन–१५ गते सदरमुकामबाट जान लागेका छन्।
- फक्तालुङ–७ मा जम्मा ३५५ मतदाता छन्, जसमा ओलाङचुङगोलामा २ सय ९३ मतदाता रहेका छन् भने ग्याब्ला मतदान स्थलमा ६९ मतदाता छन्।
- ताप्लेजुङका चार मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत ओसार्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताए।
१४ फागुन, पाँचथर । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ मा रहेको याङमा मतदान स्थलका लागि मतदान कर्मचारी फाल्गुन–१५ गते सदरमुकामबाट त्यसतर्फ जाँदैछन् । तीन दिनमा उनीहरु उक्त मतदान केन्द्रमा पुग्नेछन् । रोचक के छ भने यो मतदान केन्द्रमा मतदाता ६२ जनामात्रै छन् ।
सदरमुकामबाट गाडीमा सुकेपानी भन्ने ठाउँसम्म पुग्न सकिन्छ । सुकेपानीबाट पहिलो दिन ओलाङचुङगोला र दोस्रो दिन याङमा पुगिन्छ ।
फाक्तालुङ–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार याङमामा नौँ परिवारमात्र रहेका छन् । ‘६२ जना मतदाता छन्,’ उनले भने ।
फक्तालुङ–७ मा जम्मा ३५५ जनामात्र मतदाता रहेका छन् । यो वडाको अर्को केन्द्र ओलाङ्चुङगोलामा मतदान केन्द्रमा २ सय ९३ मतदाता रहेका छन् ।
यहाँका धेरै मतदाता विदेश तथा काठमाडौंमा छन् । सोही गाउँपालिकाको वडा ६ को ग्याब्ला मतदान स्थलमा ६९ जना मात्र मतदाता रहेका छन् ।
ताप्लेजुङका चारवटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताए । घुन्सा, याङमा, ओलाङचुङगोला र ग्याब्लाको मतपेटिका हेलिकप्टरमा ओसारिनेछ ।
प्रतिक्रिया 4