+
+
Shares

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

जिल्लाको मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तलका (औलतिर) का बस्तीमा झेरका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १७:१९
फाइल तस्वीर

७ पुस, ताप्लेजुङ । केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू भएका छन् । जाडो बढ्न थालेपछि स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन् ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तलका (औलतिर) का बस्तीमा झेरका छन् । जाडो बढेसँगै पशुचौपायासहित यहाँका स्थानीयहरू औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताए ।

उनले भने, ‘हिउँदको समयमा जाडो छल्नकै लागि अन्यत्र जाने गरिन्छ, पशुपालक र व्यवसायमा लागेका मानिस तल्लो क्षेत्रमा रहेका घर, खर्कमा गएर बस्छन् । कतिपय अन्यत्र घुमघाम र भेटघाटमा जान्छन् ।’

शेर्पाका अनुसार तोक्पेगोलामा सामान्य अवस्थामा सात परिवार बसोबास गर्छन्, तर अहिले सबै घर रित्तो छन् । घुन्सा, फलेलगायत माथिल्लो भेगमा बसोबास गर्ने र पशुपालन गर्ने मानिसहरू औलतर्फ झरेका बताउँदै उनले सो क्षेत्रमा करिब ४०–४५ परिवार बसोबास गर्ने जानकारी दिए । सो क्षेत्रका पनि आधाजसो परिवार मंसिरर अन्तिमदेखि नै घरमा ताल्चा लाएर अन्यत्र गएका छन् ।

स्थानीय छेतेन डण्डु शेर्पाका अनुसार पर्यटन व्यवसायमा संलग्न नभएका अधिकांश मानिस जाडो छल्न अन्यत्र गएका छन् । वर्षाका समयमा खेतीपातीमा व्यस्त हुने मानिसहरू पुस र माघमा बढी जाडो हुने भएकाले काठमाडाैं, सिक्किम, दार्जेलिङलगायत ठाउँमा जान्छन् वा अन्य घरमा बस्छन् । घुन्सामा आधाजसो पर्यटन व्यवसायमा संलग्न भने घरैमा बसेका उनको भनाइ छ ।

छेतेनले भने, ‘धेरैजसोका छोराछोरी पढ्न सहरतिर गएकाले यो समयलाई छोराछोरी र आफन्त भेट्ने अवसरका रूपमा लिने गरिन्छ ।’

जिल्लाका हिमाली भेगमा बसोबास गर्ने मानिस बर्सेनि जाडो छल्न अन्यत्र जाने गर्छन् । पहिले पूरै गाउँ रित्तो हुने गरे पनि आजभोलि भने बिजुली, सञ्चारलगायत सुविधाले गर्दा आधाजसोले मात्र गाउँ छाड्ने गरेका स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?