+

लुम्बिनीमा इण्डो–नेपाल लुम्बिनी प्रिमियर लिगको तयारी

२०८२ पुष  ७ गते १७:१३ २०८२ पुष ७ गते १७:१३
लुम्बिनीमा इण्डो–नेपाल लुम्बिनी प्रिमियर लिगको तयारी

७ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा नवौं संस्करणको इण्डो–नेपाल लुम्बिनी प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिताको तयारी शुरु भएको छ । रेस्पोन्स टिम लुम्बिनीको आयोजनामा पुस २६ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले सोमबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

जिल्लामा ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगितामा नेपालका ८ र भारतका ८ टिमको सहभागीता रहने रेस्पोन्स टिम लुम्बिनीका अध्यक्ष जमशेद आलम खानले जानकारी दिए ।

प्रतियोगिता लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–६ पर्साचोक नजिकै रहेको खेल मैदानमा सञ्चालन हुनेछ । भारतीय टिमको सहभागिता रहने प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेल र खेलाडीको विकाससंगै बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । गत वर्षको भन्दा यो वर्षदेखि विजेता टिमको पुरस्कार राशी १ लाख रुपैयाँ बढी हो । यसैगरी ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’ खेलाडीलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको अध्यक्ष खानले बताए । गत वर्षको उपाधि  ग्राण्ड कास्मो टिम नेपालले जितेको थियो ।

स्थानीयस्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउन विगत झण्डै एक दशकदेखि प्रतियोगिता गर्दै आएको खानले बताए ।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३० हजार रहेको छ । प्रतियोगिता सञ्चालनको लागि २२ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । क्लबका सल्लाहकार अकरम खानले लुम्बिनी क्षेत्रका क्रिकेट खेलको विकासको लागि गौतमबुद्ध क्रिकेट रंगशाला आवश्यकता रहेको भन्दै त्यसका लागि संघीय र प्रदेश सरकारले निर्माण गर्नुपर्ने बताए । प्रतियोगिताको लागि लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग संकलन गरिने छ ।

लुम्बिनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय