News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ३२३ रनले पराजित गर्दै ३ खेलको टेस्ट श्रृंखला ३-० ले जितेको छ।
- ज्याकब डफीले २३ विकेट लिएर एकै वर्षमा सबैभन्दा धेरै विकेट लिने किवी खेलाडी बनेका छन्।
- न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसिप तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
७ पुस, काठमाडौं । न्युजिल्यान्डले वेस्ट इन्डिजसँगको टेस्ट शृंखला जितेको छ । सोमबार बे ओभलमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई ३२३ रनले पराजित गर्दै ३ खेलको टेस्ट श्रृंखला २-० ले आफ्नो पक्षमा पारेको छ।
अन्तिम दिन वेस्ट इन्डिजको ब्याटिङ पूर्ण रूपमा धराशायी भएपछि न्युजिल्यान्डले सहज जित निकालेको हो । ४६२ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ८७-० को अवस्थाबाट १३८ रनमै अलआउट भयो। ड्रिंक्स ब्रेकपछि मात्र वेस्ट इन्डिजले २५ रन जोड्दा आठ विकेट गुमायो।
न्युजिल्यान्डका ज्याकोब डफीले ५ विकेट लिँदै प्रमुख भूमिका खेले। उनले एकै वर्षमा सबैभन्दा धेरै विकेट लिने किवी खेलाडी बनेर सर रिचर्ड हाड्लीको कीर्तिमान तोडे। यस टेस्ट श्रृंखलामा उनले कुल २३ विकेट लिए। अजाज पटेलले पनि ३ विकेट लिए।
पाँचौं दिन पिच निकै बिग्रिएको थियो। बल तीव्र रूपमा टर्न हुनुका साथै असमान उछालका कारण चौथो इनिङ्समा ब्याटिङ गर्न अत्यन्त कठिन भयो। विशेष रूपमा यो टेस्टका लागि टिममा ल्याइएका अजाज पटेलले लगातार दबाब सिर्जना गरे।
वेस्ट इन्डिजका लागि ब्रान्डन किङले अर्धशतकसहित ६७ रन बनाए पनि अन्य ब्याटर असफल भए। आठ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि न्युजिल्यान्डले पहिलो इनिङ्समा डेभन कोन्वे (२२७) र टम ल्याथम (१३७) को शतकीय योगदानमा ५७५ रन बनाएको थियो। वेस्ट इन्डिजले जवाफमा केभिन होजको अविजित १२३ रनको मद्दतमा ४२० रन बनायो।
दोस्रो इनिङ्समा न्युजिल्यान्डले फेरि ३०६ रन जोड्दा कोन्वेले १०० र ल्याथमले १०१ रन बनाए । जवाफमा वेस्ट इन्डिज १३८ रनमा अलआउट भएको हो ।
पहिलो खेल ‘ड्र’ हुँदा दोस्रो खेलमा न्युजिल्यान्ड ९ विकेटले विजयी भएको थियो ।
यो जितसँगै न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसिप तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
प्रतिक्रिया 4