Comments Add Comment

आईपीएल : रासिदभन्दा सन्दीप अघि !

आज दिल्ली र हैदरावाद भिड्दै

१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ ।

राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा घरेलु टोली हैदरावाद दिल्लीविरुद्धको होम खेलमा पनि जित हात पार्ने लक्ष्यमा हुनेछ । यसअघि दिल्लीसँग भएको अवे खेलमा हैदरावादले ५ विकेटको जित हात पारेको थियो ।

यता, दिल्ली भने घरेलु मैदानमा हारेको बदला लिने लक्ष्यमा छ । दिल्ली आजको खेलमा स्पष्ट जित हात पार्दै लिगमा १० अंक बनाउन चाहन्छ ।

दिल्लीले जारी आईपीएलमा खेलको सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै ८ अंक बनाउँदै चौथो स्थानमा छ । यता, ६ खेल खेलको हैदरावादले भने तीन खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै लिगको छैटौं स्थानमा छ ।

आजको खेलमा सन्दीपको खेल्ने मौका निकै न्युन रहेका छन् । यसअघिको दिल्लीले आफ्नो सातौं खेलमा कोलकत्ता नाइट राइडर्सविरुद्ध सन्दीप विनै सात विकेटको जित हात पारेको थियो ।

यो खेलमा सन्दीपको स्थानमा वेष्ट इन्डिजका किमो पाउललाई दिल्लीले खेलाएको थियो । किमो पाउलले यो खेलमा महंगो सावित भए पनि दुई विकेट लिएका थिए । उनले ४ ओभरमा ४६ रन खर्चिएर दुई विकेट लिएका थिए ।

सन्दीप भर्सेस् रासिद !

जारी आईपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्याटिल्सबाट खेलिरहेका छन् भने अफगानिस्तानका विश्व नम्बर वान लेग स्पिनर रासिदले हैदराबादबाट ।

रासिद विश्वका उत्कृष्टमध्ये एक हुन् । तर जारी आईपीएलमा रासिदभन्दा सन्दीप अघि देखिएका छन् । तथ्यले पनि यही देखाउँछ ।

सुरुवाती दुई खेल बेन्चमै बिताएका सन्दीपले त्यसपछि लगातार चार खेल खेले भने दिल्लीको सातौं खेलमा भने फेरी उनी बेन्चमै रहेँ । यता रासिद भने हैदरावादको टिममा निरन्तर छन् । तुलनात्मक रुपमा रासिदले भन्दा सन्दीपले राम्रो प्रदर्शन गरेका छन् ।

सन्दीपले जारी आईपीएलमा चार खेल खेल्दै पाँच विकेट लिएका छन् । सन्दीपले सबै खेलमा विकेट लिन सफल भएका छन् । हैदरावादविरुद्धको यसअघि होम खेलमा पनि एक विकेट लिएका थिए । सन्दीपले उक्त खेलमा चार ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट हात पारे ।

यता, रासिदले भने जारी आईपीएलमा आफुले खेलको ६ खेलबाट पाँच विकेटमात्रै लिएका छन् भने विकेट तालिकामा सन्दीपभन्दा पछि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment