+
+
Shares

विप्लवका विद्यार्थी नेता बस्याल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते १५:५६

१ वैशाख, नवलपरासी । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।

आइतबार विहान घरमा खाना खान लागेका बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

पछिल्लो समय राजनीतिकमा कमै सक्रिय रुपमा लागेका उनी नेकपाका जिल्ला सदस्य समेत थिए ।

उनलाई प्रहरीले यसअघि पनि निर्वाचन बहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो । सरकारले विप्लवको पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटमा आफ्नै घर बस्दै आएका थिए ।

उनलाई बर्दघाट बजारबाट नजिकैको घर खाना खान जाने क्रममा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?