+
+

प्रदेश ३ का स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते १६:३८

९ वैशाख, काठमाडौं । प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्वीकृति दिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले आवश्यकताअनुसार प्रचलित कानुन बमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो ।

स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले सशर्त अनुदानको व्यबस्था गर्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । सरकारले ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शवबाहन माग भएकोले सोही अनुसार खरिद गर्न शसर्त अख्तियारी प्रदान गरेको हो ।

यसैगरी हेटौंडा १५ मा अटो भिलेज निर्माणका लागि लागि हेटौंडा उपमहानगरपालिकालाई ३० बर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. यमुना कँडेल खनाललाई नियुक्त गरेको गरेको छ । नवनियुक्त सदस्य डा. कँडेललाई मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण समेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?