Comments Add Comment

आर्यन सिग्देलको स्टाइल

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’बाट चम्कने दाउमा छन् । आर्यन सिग्देल केही बर्ष अगाडिसम्म नेपाली चलचित्रमा सर्वाधिक चलेका र बिकेका नायक थिए । तर, विचमा जस्ता चलचित्रमा पनि काम गर्दा उनको स्टारडम खस्कियो र नयाँ नायकहरुले उनलाई उछिने । तर, नायक सिग्देल यो बर्षबाट भने आफूलाई फेरि पहिलेकै स्थानमा फर्काउने दाउमा छन् ।

चलचित्र ‘हजार जुनी सम्म’मा निर्माताको डिमाण्डमा अनुवन्धित भएका आर्यन आज आयोजित चलचित्रको पत्रकार सम्मेलनमा स्टाइलिस देखिए । भर्खरै मात्र, छोराको पिता बनेका आर्यन निकै खुशी पनि देखिन्थे । कार्यक्रममा बोल्ने क्रममा होस् या अरु बोल्दा होस्, आर्यनको विन्दास अवतार झल्कियो ।

नायक सिग्देल अरु बोलिरहँदा अरुको वास्तै नगरी बसिदिए । धेरैले उनको यो तरिकालाई भने मन पराएनन् । नेपाली चलचित्र क्षेत्रमा आर्यनको चकलेटी अनुहार र अभिनयको तारिफ हुनेगर्दछ । आर्यनले यसलाई जोगाएको खण्डमा उनै अझै केही बर्ष चम्किने चलचित्र पण्डितहरुको विश्लेषण छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment