Comments Add Comment

राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

१० वैशाख, काठमाडौं । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।

राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ ।

दिल्लीको जितमा ऋषभ पन्तले ७८, शिखर धवनले ५४ र पृथ्वी शाले ४२ रन योगदान गरे । राजस्थानका लागि श्रेयस गोपालले २ तथा धवन कुलकर्णी र रियान परागले एक-एक विकेट लिए ।

यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । ओपनर सन्जु स्यामसन खाता खोल्न नपाइ आउट भए त्यतिबेला राजस्थानको जम्मा ५ रन थियो ।

त्यसपछि उपकप्तान अजिंक्य रहाणेलाई साथ दिन कप्तान स्टिभन स्मिथ मैदान आए । यी दुईले १३१ रनको महत्वपूर्ण साझेदारी गरे । रहाणेले अविजित १०५ र स्मिथले ५० रन बनाए ।

दिल्लीको तर्फबाट कगिसो रबाडाले २ विकेट लिए । अक्षर पटेल, इशान्त शर्मा र क्रिस मोरिसले एक-एक विकेट लिए ।

यो खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा क्रिस मोरिसलाई टिममा सामेल गराएको थियो । राजस्थानले भने टिममा कुनै परिवर्तन गरेको थिएन ।
जितसँगै चेन्नईलाई पछि पार्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो । पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment