Comments Add Comment

जब बहुविवाहको उजुरी परेका व्यक्तिविरुद्ध बलात्कारको मुद्दा चल्यो…

१० वैशाख, काठमाडौं । स्वयम्भूका राजु नगरकोटी उमेरले २७ पुगे । उनी विवाहित हुन् । तर, हाल १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा उनी प्रहरी हिरासतमा छन् ।

केही दिनअघि महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा एक महिला ‘बहुविवाह’ सम्बन्धी उजुरी लिएर आएकी थिइन् । प्रहरीले अनुसन्धान पनि थाल्यो तर, बहुविवाह प्रमाणित हुन सकेन ।

‘बरु नुवाकोटीको शिवपुरी गाउँपालिकाकी ती किशोरी र ऊ एक हप्ताभन्दा बढीसँगै बसेको भने प्रमाणित भयो’, एक अनुसन्धान अधिकारी भन्छन् । त्यसपछि प्रहरी अनुसन्धान बहुविवाहतिर नभइ जबरजस्तीकरणीतिर सोझियो ।

किनकि, १ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिताले १८ वर्षसम्मको किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि त्यो जबरजस्तीकरणीको कसुर हुने ठहर गरेको छ ।

‘उनीहरुबीच सम्बन्ध रहेको दुवैले स्वीकारिसकेका छन्’, ती अधिकारीले भने, ‘त्यसैले जबरजस्तीकरण सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको छ ।’

स्वयम्भु प्रहरीका प्रमुख डीएसपी सुधिरराज शाही भने घटनाको थप अनुसन्धानका लागि महिला तथा बालिका सेल, कालिमाटीमा पठाइएको बताउँछन् । ‘घटनास्थल कालिमाटीको एरियामा पर्ने भएकाले हामीले त्यता पठाएका हौं’, उनले अनलाइनखबरसँग भने ।

सेलका अधिकारी भने किशोरीलाई २२ चैतमा नगरकोटीले जबरजस्तीकरणी गरेको उजुरी प्राप्त भएको बताउँछन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment