
१० वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा उपाधिका लागि विभागीय टिम आर्मी र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपालगञ्ज रंगशालामा भएको सेमिफाइनल खेलमा पुलिसले एपीएफ क्लबलाई २—१ गोलअन्तरले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
पुलिसले खेलको नवौं मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो । पुलिसका लागि रवि पासवानले उत्कृष्ट गोल गर्दै १—० गोलको अग्रता दिलाए । त्यस्तै, खेलको ३३औं मिनेटमा तेज तामाङले गोल गरेपछि पुलिसले २—० गोलको अग्रता बनाएको थियो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पलिसले दोस्रो हाफमा भने दबाबमा खेलेको थियो । खेलको ७२ औं मिनेटमा आशिस लामाले गोल गरेपछि एपीएफ क्लबले २—१ गोलको स्थितिमा ल्याएको थियो । तर बाँकी समयमा एपीएफले गोल फर्काउन नसक्दा पुलिससँग हार ब्यहोरेको हो ।
अब उपाधिका लागि पुलिसले आर्मी क्लबसँग ११ गते बुधबार प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश पाँचलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतिक्रिया 4