Comments Add Comment

हेमन्तप्रकाश वलीसहित ६ जना पुर्पक्षका लागि थुनामा

१० वैशाख, काठमाडौं । जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।

थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment