Comments Add Comment

‘मारुनी’को गीतमा यति राम्री साम्राज्ञी

चलचित्र ‘मारुनी’को छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रकी निर्मात्री पूनम गौतमका अनुसार अब २–३ दिनमा चलचित्रको छायांकन सकिनेछ । चलचित्रको छायांकन अहिले काठमाण्डौमा चलिरहेको छ । कोहलपुर र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ ।

चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीतको छायांकन कोहलपुरमा गरिएको छ । चलचित्रको केही तस्बिर सार्वजनिक भएको छ ।

चलचित्रको गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आकर्षक देखाइएको छ । रातो गाउनमा साम्राज्ञी खुलेकी छिन् । यो गीतमा चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ ।
नायिका शाह पनि चलचित्रमा आफ्नो भूमिका र गेटअपलाई लिएर उत्साहित देखिएकी छिन् । चलचित्रलाई भदौको १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

साम्राज्ञीको यो पहिरनको डिजाइन निर्मात्री पूनम आफैले तयार पारेकी हुन् । यो गीतको भिडियोलाई विक्रम र एन्जिलाले कोरियोग्राफी गरेका हुन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment