Comments Add Comment

भलिबलको फाइनलमा आर्मी र पुलिस भिड्ने

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।

खजुरा शुक्र भलिबल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२३, २५–१३, २०–२५ र २५–२० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुरुषतर्फको दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई १८–२५, २५–२२, ३१–३३, २५–२१ र १५–११ को संघर्षपूर्ण जित निकाल्दै फाइनल पुगेको हो ।

त्यस्तै, महिलातर्फको फाइनलमा एपीएफ र प्रदेश तीनले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई २५–९, २५–१६ र २५–९ को सेटमा हराउँदा प्रदेश ३ ले पुलिसलाई २५–२३,२५–११ र २५–१८ को सेटमा पराजित गरेको हो ।

महिला पुरुष दुबैको फाइनल खेल बुधबार हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment