+
+
Shares

१८ वर्षीय नर्स बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट १८ वर्षीय सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् ।
  • नेपाली कांग्रेसको वडा अधिवेशन हिजोबाट सुरु भई शनिबार ४३ जिल्लामा र बाँकी जिल्लामा आज जारी छ ।
  • कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।

कांग्रेसको शंसोधित विधानले नयाँ पुस्तालाई प्राथमिकता दिने गरी विधि बनाएको छ । स्वास्थ्य क्षेत्रमा समेत सक्रिय सुवेदी कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिइन् ।

कांग्रेसको वडा अधिवेशन हिजोबाट सुरु भएको छ । शनिबार ४३ जिल्लामा र बाँकी जिल्लामा आज वडा अधिवेशन जारी छ । १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?