+
+
Shares

चुनावअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई गगनले बनाए केन्द्रीय सदस्य

सर्लाही-४ का मिश्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन्। त्यसअघि उनी लोसपाको महामन्त्री थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीका मनिषकुमार मिश्र नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
  • पार्टी सभापति गनगकुमार थापाले बुधबार उनलाई विधानबमोजिम केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको पत्र दिएका छन्।
  • सर्लाही-४ का मिश्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका थिए, त्यसअघि उनी लोसपाको महामन्त्री थिए।

१ असोज, काठमाडौं । सर्लाहीका मनिषकुमार मिश्र नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन्। पार्टी सभापति गनगकुमार थापाले बुधबार उनलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन्।

‘नेपाली कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम तपाईंलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छु’ थापाले मनोनयन गरेको पत्रमा उल्लेख छ।

उनले पार्टीको आदर्श, सिद्धान्त र मूल्य मानयता अनुरुप पार्टी र मुलुकको हितमा क्रियाशील भई पार्टीको जिम्मेवारी पूरा गर्ने विश्वास पनि मनोनयन पत्रमा उल्लेख गरेका छन्।

सर्लाही-४ का मिश्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन्। त्यसअघि उनी लोसपाको महामन्त्री थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?