Comments Add Comment

विक्रान्तसँगको दीपिकाको लिप किस भाइरल

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छपक’को छायांकनमा व्यस्त छिन् । मेग्ना गुल्जरको निर्देशनमा बनिरहेको यो चलचित्रमा दीपिकाले एसिड पिडित लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्दैछिन् । दीपिकाले यो चलचित्रलाई आफ्नो करिअरकै महत्वपूर्ण चलचित्र मानेकी छिन् ।

यस्तैमा, चलचित्रको छायांकनको क्रममा एक भिडियो लिक भएको छ । लिक भएको भिडियोमा दीपिकाले नायक विक्रान्त मैसीलाई किस गरिरहेकी छिन् । दीपिका र विक्रान्तले लिप किस गरेका छन् । निर्माण युनिटकै एक व्यक्तीले उक्त भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि यो दृश्य बाहिरिएको हो ।

वास्तविक कथामा आधारित रहेर निर्माण हुन लागेको यो चलचित्रलाई लिएर दीपिका निकै सचेत छिन् । उनले आफ्नो भूमिकाको विषयमा भनेकी छिन्–‘यो भूमिका मेरो जीवनमा सम्झनलायक भूमिका हो । यो भूमिका मेरो करिअरको लागि निकै महत्वपूर्ण छ । यो वास्तविक कथामा आधारित चलचित्र भएका कारण पनि राम्रो गर्नुपर्ने चुनौती मसँग छ । मलाई चलचित्र राम्रो बन्नेछ भन्नेमा आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment