+
+
Shares

दोस्रो सन्तानलाई जन्म दिँदै दीपिका र रणवीर

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण दोस्रो पटक आमाबाबु बन्ने भएका छन् र दीपिकाले आइतबार यो खबर सार्वजनिक गरिन्।
  • दीपिकाले इन्स्टाग्राममा छोरी दुआको तस्वीर शेयर गर्दै प्रेग्नेन्सी टेस्ट किटमा सकारात्मक नतिजा देखिएको जानकारी दिइन्।
  • फ्यान र फिल्म उद्योगका सहकर्मीले दुवैलाई बधाई दिएका छन् र दीपिका हाल शाहरुख खानको फिल्म 'किङ' र तेलुगु फिल्ममा काम गरिरहेकी छिन्।

मुम्बई । बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण पुनः आमाबाबु बन्ने भएका छन् । दीपिकाले आइतबार यो खुसी सार्वजनिक गर्दै आफू दोस्रो पटक गर्भवती भएको जानकारी दिएकी हुन् । यसअघि उनले छोरी दुआलाई जन्म दिएका थिए ।

दीपिका र रणवीरलाई लिएर पछिल्लो समय विभिन्न कार्यक्रममा सँगै नदेखिएको विषयमा चर्चा चलिरहेको थियो । अब भने त्यसको कारण स्पष्ट भएको छ । पहिलो सन्तान जन्माएको करिब डेढ वर्षपछि दीपिका पुनः गर्भवती भएकी हुन् ।

फ्यानका लागि यो विशेष सरप्राइज न्यूज हो, जब दुवैले दोस्रो सन्तानको खबर सार्वजनिक गरे । दीपिकाले इन्स्टाग्राममा छोरी दुआको तस्वीर शेयर गरेकी छन्, जसमा दुआले प्रेग्नेन्सी टेस्ट किट समातेकी छन् र त्यसमा सकारात्मक नतिजा देखिएको छ ।

यो घोषणा सार्वजनिक भएसँगै फ्यान र फिल्म उद्योगका सहकर्मीबाट बधाई सन्देशको ओइरो लागेको छ । सामाजिक सञ्जालको कमेन्टमा धेरैले दुवैलाई शुभकामना दिएका छन् । केही फ्यानले खुसी व्यक्त गर्दै उनीहरूलाई छोरा नै हुने अनुमानसमेत गरेका छन्, यद्यपि त्यो केवल उत्साहका रूपमा गरिएको टिप्पणी मात्र हो ।

यो जोडीले सन् २०२४ सेप्टेम्बर ८ मा छोरी दुआको स्वागत गरेका थिए । सन् २०२५ को अक्टोबरमा तिहार/दिपावलीको अवसरमा उनीहरूले छोरीको परम्परागत रातो पहिरनमा तस्वीर पनि सार्वजनिक गरेका थिए ।

कामको कुरा गर्दा, दीपिका अहिले शाहरुख खान सँगको फिल्म ‘किङ’ रिलिजको तयारीमा छिन् । साथै, उनी निर्देशक एटलीको आगामी तेलुगु फिल्ममा अल्लू अर्जुन सँग देखिनेछिन् । उता रणवीरले भने हालै रिलिज भएको ‘धुरन्धर २’ को सफलतालाई उत्सवका रूपमा मनाइरहेका छन् । उनी आगामी दिनमा निर्देशक आदित्य धर को अर्को फिल्ममा पनि देखिन सक्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?