Comments Add Comment

को हुन् यी हट स्टार किड ?

उनलाई ‘वाटर बेवी’ भन्न थालिएको छ । कारण, धेरैजसो समय उनी स्विमिङ पुल वा समुन्द्री किनारमा बिताइरहेका देखिन्छन् । साथै उनका अधिकांश फोटो विकिनीमा हुन्छ ।

उनले कुनै फिल्म खेलेकी छैनन् । न त फिल्म खेल्ने चर्चा नै छ । यद्यपी उनी यसै चर्चामा छिन् । अतः त्यसको कारण हो, उनको हट गेटअप ।

चिनाहाइहालौं, उनी अभिनेता चंकी पान्डेकी भतिजी हुन् । चंकी पान्डे, जसले दर्जनौ फिल्ममा काम गरिसकेका छन् । पछिल्लो समय उनी हाउसफुल शृंखलामा निरन्तर देखिदैछन् ।

त्यसो त चंकी पान्डेकी छोरी पनि पिताकै पदचाप पच्छ्याउँदै बलिउडमा प्रवेश गरेकी छिन् । उनको नाम, अनन्या । उनी धर्म प्रोडक्सनको ब्यानरमा बनिरहेको फिल्म ‘स्टूडेन्ट अफ द ईयर-२’बाट धमकेदार इन्ट्री गर्दैछिन् ।

अनन्या यता बलिउड डेब्यु गरेर चर्चामा छाइरहँदा उनकी काकाकी छोरी अलाना भने बोल्ड तस्वीरको कारण दुनियाको ध्यान खिच्दैछिन् । अलाना अन्य स्टार किड्स जस्तै धेरै लाइमलाइटमा त छैनन्, तर शोसल मिडियामा उनले एउटा जमातलाई कब्जा गरेकी छिन् । अलानाको इन्स्टाग्राममा ४९३ हजार फलोअर्स छन् ।

खासगरी आफ्नो कामुक हाउभाउ सहितको तस्वीर उनी नियमितजसो पोस्ट गरिरहेकी हुन्छिन् । यस्तै बेलाबखत बलिउड इभेन्टमा पनि उनी देखापर्ने गरेकी छिन् । यस्ता इभेन्टमा पनि उनको पहिरनबारे चर्चा हुनेगर्छ ।

अलाना लन्डन कलेज अफ फेसनमा अध्ययन गर्दैछिन् । उनको स्टाइल देखेरै उनको फेसन च्वाइसबारे अनुमान गर्न सकिन्छ । उनको उमेर २२ बर्षको भयो ।

यात्राकी शौखिन

अलाना चंकी पान्डेका भाई चिक्की पान्डेकी छोरी हुन् । चिक्की एक व्यवसायी हुन् । उनी ‘अक्षरा फाउन्डेशन अफ आर्टस् एन्ड लर्निङ’का पनि सह संस्थापक हुन् । यसैगरी अलानाकी आमा डिने पान्डे सेलिब्रेटी हेल्थ एक्सपर्ट हुन् ।  उनी अभिनेत्री बिपशा बासुकी मिल्ने साथी हुन् ।

अलानाको तस्वीरबाटै के छनक मिल्छ भने, उनी यात्राका एकदम सौखिन छन् । घुमफिर बाहेक उनलाई खानपानमा सौख छ । साथै घर पालुवा जनवारप्रति पनि उनको खास लगाव देखिन्छ ।

उनको लभ लाइफको कुरा गर्ने हो भने, उनी यूडी जयसिंहसँग डेट गर्दैछिन् । यूडी चर्चित डिजाइनर मोनिषा जयसिंहका छोरो हुन् । अलानाले यूडीसँगको तस्वीर पोस्ट गरिरहेकी हुन्छिन् । उनीहरु एकसाथ विदा मनाइरहेका हुन्छन् भने कहिले पार्टीमा सामेल भइरहेका देखिन्छन् ।

फिटनेसमा सचेत

अलानाकी आमा एक सेलिब्रेटी हेल्थ एक्सपर्ट हुन् । अलानाको फिट बडी देखेर के अनुमान गर्न सकिन्छ भने उनलाई पनि आफ्नी आमाले नै स्वास्थ्य प्रति सजग बनाएकी हुन् । अलाना अक्सर पानीमा पौडिरहेको तस्वीर खिचाउँछिन् । यस्ता तस्वीर उनी आफ्नो इन्टाग्राममा पोस्ट गरिरहेकी हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment