+
+
Shares

सडकपेटीमै सुत्केरी भएकी बबितालाई ८५ हजार सहयोग

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालअगाडि सडकपेटीमै बच्चा जन्माएकी बबिता पासवानलाई नर्वेमा रहेका नेपाली महिलाहरूले आर्थिक सहयोग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नर्वेमा रहेका १९ जना नेपाली महिलाले सडकपेटीमै सुत्केरी भएकी बबिता पासवानलाई ८५ हजार रुपैयाँ सहयोग गरेका छन्।
  • पैसाको अभावमा अस्पतालबाट बाहिरिन बाध्य भएपछि पासवानले गत मंगलबार राति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालअगाडि बच्चा जन्माएकी थिइन्।
  • सहयोगकर्ता शिवानी श्रेष्ठका अनुसार उक्त रकम बबिताको खातामा पठाइएको छ र तत्कालीन आवश्यकता पूरा गर्न राहत पुग्ने विश्वास गरिएको छ।

२७ भदौ, जनकपुरधाम । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालअगाडि सडकपेटीमै बच्चा जन्माएकी बबिता पासवानलाई नर्वेमा रहेका नेपाली महिलाहरूले आर्थिक सहयोग गरेका छन् ।

पैसाको अभावमा अस्पतालबाट बाहिरिन बाध्य भएपछि गत मंगलबार राति सडकपेटीमै सुत्केरी हुनुपरेको घटनाले दुःखी भएको र मानवीय सहयोगस्वरूप रकम जुटाएको सहयोगकर्ता शिवानी श्रेष्ठले बताइन्। नर्वेमा रहेका १९ जना नेपाली महिलाले ८५ हजार रुपैयाँ ववितालाई सहयोग गरेको उनको भनाइ छ। उक्त रकम बबिताकोखातामा पठाइएको छ ।

सहयोग गर्नेहरूमा शिवानी श्रेष्ठ, शान्ति पुन अग्रेजा, नीतु थापा, कुमारी राना मगर, पवित्रा लिम्बू, रेखा लिम्बू, रेखा थापा, सजना पुडासैनी, सन्ध्या कार्की, जोइभिन (जोबेन) बाल्मेओ, निक्की उपफ्लोड, लिस सेभेन्सरुड, प्रणी क्रिस्टोफर्सेन, अन्जोलिका बर्ग, अन्जु परियार, हिरा सुनुवार, राम माया फगामी, ता माया पुन र सुनिता लिम्बू रहेका छन्।

सहयोग रकमले नवजात शिशु र सुत्केरी आमाको तत्कालीन आवश्यकता पूरा गर्न केही राहत पुग्ने विश्वास उनीहरुको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?