Comments Add Comment

विराजले शंकरमाथि हात हालेपछि लफडा

नायक विराज भट्टले आफ्नै निर्देशनमा बनाउन लागेको चलचित्र ‘साङ्लो’को छायांकन कहिले सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, यो चलचित्रलाई लिएर विभिन्न खालका लफडा भने सार्वजनिक भएका छन् । यसैविच, चलचित्रका नायक तथा निर्देशक विराज भट्टले चलचित्र प्राविधिक शंकर पाण्डेमाथि हात हालेपछि लफडा उत्पन्न भएको छ ।

सोमबार बेलुकी काठमाण्डौको नयाँ बानेश्वरमा अवस्थिती एक क्याफेमा बसेका पाण्डे र विराजको चलचित्रको बिषयलाई लिएर झगडा भएको थियो । नायक भट्टले पाण्डेलाई प्रोडक्शन डिजाइनरको रुपमा पौषमै संझौता गरेका थिए । तर, चलचित्रको छायांकन फागूणबाट सुरु गर्ने भन्दा भन्दै बैशाखको मध्य भागसम्म पनि सुरु हुन सकेको छैन ।

प्राविधिक पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए । उनले, चलचित्रको छायांकन सुरु हुन नसकेकाले अब आफूले यो चलचित्र छाड्ने बताए । यसपछि, निर्माता, निर्देशक तथा नायक भट्टले चलचित्र छाड्ने भए आफ्नो पैसा फिर्ता दिन भनेका थिए ।

तर, पाण्डेले आफूले ४ महिना भन्दा बढी समयदेखि यो चलचित्रमा काम गरिरहेकाले पैसा फिर्ता दिन नसक्ने जवाफ दिएका थिए । यसलगतै, भट्टले पाण्डेलाई बसिरहेको ठाउँबाट टाउकाको पछाडिको भागमा हिर्काएका थिए । भट्टले हिर्काएपछि पाण्डे भूइमा पछारिएका थिए ।

क्याफेको अर्को कुर्सीमा बसिरहेका चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेले झगडा परेपछि विराजको हात समातेका थिए । घिमिरेले विराजको हात समातेपछि उठेर पाण्डेले पनि विराजलाई ४–५ मुक्का हानेको बताइएको छ ।

शंकर पाण्डेमाथि विराजले हात हालेपछि चलचित्र प्राविधिक संघले यो घटनाको भत्र्सना गरेको छ । नायक भट्टले भने पाण्डेले आफ्नो बेइज्जत गरेपछि हात हालेको चलचित्र कलाकार संघका प्रतिनिधीसँगको कुराकानीमा बताएका छन् ।
यो लफडापछि नायक भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ के हुन्छ भन्ने अन्यौलता अझै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment