+

महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा

२०७६ वैशाख  १० गते २१:०२ २०७६ वैशाख १० गते २१:०२
महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा

१० वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधि एपीएफ क्लबले जितेको छ ।

दाङको लमहीमा भएको फाइनल खेलमा प्रदेश १ लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२८ रन बनाएको थियो । एपीएफका लागि ज्योति पाण्डेले ४५ र सिता रानामगरले ४२ रन बनाएका थिए । बलिङतर्फ प्रदेश १ की रुविना क्षेत्री, सवनम राई र संगिता राईले समान ३–३ विकेट लिए ।

१२९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश एकले १९.४ ओभरमा सबै विकेटको क्षतिमा मात्र ४१ रन बनाउन सक्यो । प्रदेश एकका लागि रश्मि शर्मा चौलागाईँले अविजित २७ रन बनाइन् तर अन्य खेलाडी सस्तैमा समेटिदा प्रदेश एकले नमिठो हार ब्यहोरेको हो ।

ब्लिङतर्फ एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २–२ विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय