Comments Add Comment

रिना मृत्यु प्रकरण : प्रदर्शनकारीमाथि प्रहरीको अश्रुग्यास

१० वैशाख, मोरङ । मोरङको पथरीमा शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत हत्या प्रकरणको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनका क्रममा झडप भएको छ ।

स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो । हाल स्थिति नियन्त्रणमा आइसकेको उनले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस रिना मृत्यु प्रकरणः बस्नेतलाई बारम्बार फोन गर्ने को थिए ?

पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलबार बजार बन्द समेत गराएको छ । प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनको घटनामा संलग्नता छ/छैन भन्नेबारे हालसम्म निर्क्याेल भइसकेको छैन । प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment