+
+

रामेछापमा बाढीले बगाएर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते १२:३१

११ वैशाख रामेछाप । दोरम्बा गाउँपालिका-३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।

मंगलबार स्थानीय भीमसेन खोलामा आएको बाढीले ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको हो । खोला तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।

उनीसँगै हजुरबुबा भीमसेनलाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।

अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए ।

यसवर्ष रामेछापमा वैशाख महिना लागेसँगै मुसलधारे खण्डवृष्टि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?