Comments Add Comment

गोर्खाको ‘नेपालीपन गोर्खाली मन’ क्याम्पेनले फेरि पायो एमओएमद्वारा सराहना

११ वैशाख, काठमाडौं । गोर्खाको नयाँ क्याम्पेन “नेपालीपन गोर्खाली मन” फेरि एकपटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङमा फिचर हुन र सराहना पाउन सफल भएको छ ।

यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारीत भाग हो र यसले हरेक नेपालीको भावना छायाँ द्वारा गोर्खालीको व्यक्तित्व झल्काउँछ ।

नेपालभरिका नेपालीहरुको लागि अझ सान्दर्भिक बनाउनको लागि यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ ।

यो क्याम्पेन आफंैले एकताको बारेमा कुरा गर्ने भएकोले यसको संचारको लागि विभिन्न स्थानीय भाषाको प्रयोग गर्दा क्याम्पेनको मुख्य भावनालाई जीवित राखेको देखिन्छ ।

गोर्खा ब्रान्डले जहिले पनि यसको चरित्रलाई सृजनशील रुपमा छायाँ द्वारा प्रस्तुत गरेको छ र हालको क्याम्पेनमा निरन्तर रुपमा प्रयोग गरिरहेको छ ।

सिर्जनशीलताका साथ छाँयालाई प्रयोग गरेर ब्रान्डले गोर्खा र गोर्खालीको चरित्रलाई उचित रुपले दर्शाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment