
१५ वैसाख, बुटवल । दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ । तुलसीपुर-६ हात्तीखौवामा बस दुर्घटना भएको हो ।
तुलसीपुरबाट बिराटनगर जादै गरेको ना५ख २२३४ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दंगीसरण गाउँपालिका-२ का जमुना वली, बबई-२ का सिताराम ओली तुलसीपुर-५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ ।
बसमा कतिजना यात्रु सवार थिए भन्ने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4