Comments Add Comment

आफूले चाहेको समयमा यसरी पठाउनुहोस् जिमेल

यदि तपाईं कुनै जरुरी बैठकमा वा काममा व्यस्त हुनुपर्नेछ तर त्यही बेला नै तपाईंले केही इमेल पनि पठाउनुपर्नेछ भने चिन्ता मान्नु पर्दैन । किनकी जिमेलमा तपाईंले निश्चित समयमा इमेल प्रेषित हुनेगरी शेड्यूल गर्न सक्नुहुनेछ ।

गत वर्ष जिमेलले यो फिचर ल्याएको हो । यसको सहयोगले जिमेल प्रयोगकर्ताले आफूले चाहेको समयमा प्रेषित हुनेगरी इमेललाई पाइपलाइनमा राख्न सक्दछन् । यद्यपि गुगलको यो फिचरका प्रयोगकर्ता निकै कम रहेको र धेरै जिमेल प्रयोगकर्ताले यस फिचरको बारेमा जानकारी पनि नपाएको बताइन्छ ।

आफ्नो इमेल सेवाको १५ औँ वर्षगाँठका अवसरमा गुगलले शेड्यूल फिचर घोषणा गरेको थियो । यदि तपाईं पनि जिमेलमा आफुले चाहेको समयमा इमेल प्रेषित हुनेगरी शेड्यूलिङ्ग गर्न चाहनुहुन्छ भने यी उपाय अपनाउनु पर्दछ :

१. ब्राउजर खोलेर त्यसमा जिमेल लगइन गर्नुहोस्

२. जिमेलको बायाँ भागमा रहेको कम्पोज बटनमा क्लिन गर्नुहोस्

३. जब न्यू मेसेज विन्डो खुल्नेछ तब त्यहाँ आफूले लेख्न चाहेको इमेल लेख्नुहोस् र आफूले पठाउन चाहेको व्यक्तिको इमेल ठेगाना पनि लेख्नुहोस् सम्बन्धित ठाउँमा

४. त्यसपछि send मा क्लिक गर्नुको साटो त्यसैसँग रहेको एरो आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको schedule send अप्सनमा क्लिक गर्नुहोस् ।

५. त्यसपछि एउटा सानो विन्डो खुल्नेछ, जसमा possible time अप्सन देखिन्छ ।

६. यदि उपलब्ध अप्सनमा तपाईंका लागि आवश्यक समयको विकल्प उपलब्ध छैन भने pick date and time अप्सनमा क्लिन गर्नुहोस् ।

७. अन्ततः क्यालेन्डर देखा पर्नेछ र त्यहाँ तपाईंले मिति र समय छनोट गरी उक्त इमेललाई समय तालिकामा राख्न सक्नुहुनेछ । त्यसो गर्दा तपाईंले छनोट गरेको सोही समयमा उक्त इमेल सम्बन्धित व्यक्तिलाई जानेछ ।

यसलाई फोटोमा पनि हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment