
१७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।
सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको, मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्न सरकारको ध्यान नगरेको उनीहरूको आरोप छ ।
विद्यार्थीहरुले शिक्षा क्षेत्रको शुल्क वृद्धि घटाएर माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्नु पर्ने लगायतका मागहरु पनि उनीहरूले राखेका छन् ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4