
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति खड्ग केसीलाई कालो झण्डा देखाएको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा निमित्त उपकुलपति केसीलाई कालो झण्डा देखाइएको हो ।
काठमाडौंको आरआर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन निर्विरोध भएको प्रक्रिया अवैध र अलोकतान्त्रिक भएको भन्दै नेविसंघका एक विद्यार्थीले विरोध जनाएका हुन् ।
नेविसंघका कार्यकर्ताहरूले स्ववियु निर्वाचनमा प्रतिस्पर्धात्मक प्रक्रिया नहुनु लोकतन्त्रको अपमान भएको भन्दै आक्रोश प्रकट गरेका छन् ।
आरआर क्याम्पसमा स्ववियु निर्वाचनमा सर्वसम्मत भएको भन्दै नेविसंघभित्र विवाद बढ्दै गएको छ ।
प्रतिक्रिया 4