News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको अधिवेशन माग गर्दै असन्तुष्ट विद्यार्थी नेता/कर्ताले पार्टी केन्द्रीय कार्यालयमा प्रश्नसहितको ब्यानर टाँगेका छन्।
- नेविसंघ नेता पुष्करविक्रम शाहीले टिके प्रथा अन्त्य गरी नेतृत्व चयन कहिले सुरु हुन्छ भनेर पार्टी नेतृत्वलाई प्रश्नसहित ब्यानर टाँगिएको बताए।
- नेपाली कांग्रेसले नेविसंघसहित भ्रातृ संगठनको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै ती संगठन स्वतः विघटन भएका छन्।
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन माग गर्दै असन्तुष्ट विद्यार्थी नेता/कर्ताले पार्टी केन्द्रीय कार्यालयमा प्रश्नसहितको ब्यानर टाँगेका छन् ।
नेविसंघ नेता पुष्करविक्रम शाहीले नेविसंघमा टिके प्रथाको अन्त्य गरी नेतृत्व चयन कहिले सुरु हुन्छ भनेर पार्टी नेतृत्वलाई प्रश्नसहित ब्यानर टाँगिएको बताए ।
भ्रातृ संगठनहरूमा टिके प्रथा अन्त्य गरी नेतृत्व चयन पूर्ण रुपमा लोकतान्त्रिक पद्धतिबाट कहिले हुन्छ ?, विद्यार्थी संगठनप्रति वर्तमान पार्टी नेतृत्वको धारणा के हो ?, नेविसंघलाई कार्यगत स्वायत्तता प्रदान गर्ने विषयमा पार्टीले के भन्छ ?, पार्टी भित्रको भावनात्मक एकताको स्पष्ट खाका के हो ? भनेर सोधिएको प्रश्नसहित पार्टी केन्द्रीय कार्यालयको अगाडि ब्यानर टाँगिएको छ ।
नेपाली कांग्रेसले नेविसंघसहित विभिन्न भ्रातृ संगठनको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै ती संगठन स्वतः विघटन भएका छन् ।
अहिले फेरि ति संगठनमा तदर्थ समिति बनाउन केन्द्रबाट नेतृत्व तोक्ने तयारी भइरहेको छ।
प्रतिक्रिया 4