Comments Add Comment

एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

१५ वैशाख,काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको आकर्षक अफर ‘कलआयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप प्राप्त गर्नेछन् ।

यो अफर सोमबार (वैशाख १६) लागु भई तीन महिनासम्म जारी रहनेछ  । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ को दरले बोनस पाउनेछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्नेछन् ।

यसरी प्राप्त बोनस ७ दिनका लागि मान्यहुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै पि्रपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ माएसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै, अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्र्तराष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

आफ्ना परिवारका सदस्य, आफन्त र साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हषिर्त रहेको एनसेलले जनाएको छ । यो योजनाले ग्राहकलाई  विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment