
२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षका लागि जारी भएका आयोजना टुंगोमा पुग्ने गरी काम गर्न मातहत विभागलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग चालु आवका कामबारेको समीक्षा बैठकमा उनले सम्पन्न गर्न सकिने योजनाहरूको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराएका हुन् ।
‘कुनै पनि आयोजनामा केही समस्या भए त्यसलाई समाधानका लागि शहरी विकास मन्त्रालयले समन्वय गर्छ, तर काममा ढिलाइ स्वीकार्य हुँदैन,’ उनले भने ।
‘अब कुनै पनि बहाना चल्दैन । जनताले डेलिभरी चाहेका छन् । हामीले डेलिभरी दिनैपर्छ । काममा कहाँ-कहाँ समस्या छ, समाधानका लागि मन्त्रालयको तहबाट गर्ने समन्वय हुन्छ,’ उनले भने, ‘कामहरू सन्तोषजनक देखिएको छैन । कामको गति बढाउनुस् । आयोजनाहरू छिटो छिटो सम्पन्न गरौं ।’
गत शुक्रबार बसेको समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामको गति बढाउने लिखित कार्ययोजनासहित आउन निर्देशन दिएका थिए ।
छलफलमा विभागीय प्रमुखहरूले आ-आफ्नो कार्यालयले प्राप्त गरेको उपलब्धि र चालु कामबारे जानकारी गराएका थिए । अहिले कामको प्रगति कम देखिएपनि अब गति बढाउने उनीहरूले बताएका छन्
प्रतिक्रिया 4