+
+
Shares

किन रोकियो कोरियाको एनओसी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:०७

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकिएको छ।
  • एनओसी रोकिएको मुख्य कारण कोरियामा विद्यार्थीले समस्या भोगिरहेको जानकारी प्राप्त भएको हो।
  • अध्ययनको अनुसन्धान भइरहेको हुँदा केही समयपछि निर्णय हुनेछ।
  • कोरियामा भाषा अध्ययन गर्न जाने विद्यार्थीको संख्या रहेको छ।
  • नेपालको विश्वभाषा क्याम्पसमा पनि भाषा पढाइन्छ।

२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ ।

‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट परराष्ट्रमा कुरा आएको रहेछ । के भएको हो भनेर बुझ्नका लागि एनओसी रोकिएको हो,’ मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले अनलाइनखबसँग भने ।

अनुसन्धानको काम भइरहेकाले केही समयपछि कोरियाको एनओसीबारे निर्णय आउने उनले बताए ।

‘कोरियामा भाषा पढ्न जाने रहेछन् । भाषा मात्र त नेपालकै विश्वभाषा क्याम्पसमा पनि पढाइ हुन्छ । थप अवस्था बुझेर खोल्ने नखोल्ने निर्णय हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?