+
+
Shares

जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १६:३३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको जिल्ला कारागारमा एक जना थुनुवा मृत फेला परेका छन्।
  • मृतक २६ वर्षीय दीपक बुढा जबरजस्ती करणीको आरोपमा थुनामा थिए।
  • घटना बिहान भएको र थप अनुसन्धान भइरहेको छ।
  • मुद्दाको फैसला अझै भएको छैन।

२८ वैशाख, काठमाडौं । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘आज (आइतबार) बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’

शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?