+
+
Shares

दुई आयोगमा नाम सिफारिस, सत्य निरुपणमा थापा र बेपत्तामा गड्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:०३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीहरूको नाम सिफारिस गरेको छ।
  • सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्वसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको हो।
  • नामहरू गोप्य राखिएको छ र सरकार नै निर्णय लिनेछ।
  • यसअघि द्वन्द्वपीडितहरूले प्रक्रियामा परामर्श नहुँदा असहमति जनाएका थिए।

२८ वैशाख, काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको छ ।

आयोग सम्वद्ध स्रोतका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको हो ।

सिफारिस समितिका संयोजक समेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने, ‘समितिले नाम सिफारिस गरेको छ । ती नामहरू अहिले गोप्य राखिएको छ । बाँकी सरकारले नै निर्णय गर्ला ।’

समिति सम्वद्ध स्रोतले भने सत्य निरुपणमा थापा र बेपत्तामा गड्तौलाको नाम सिफारिस भएको बतायो ।

यसअघि द्वन्द्वपीडितहरूले भागबन्डामा पदाधिकारी छनौट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै प्रक्रियामा असहमति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?