Comments Add Comment

फेसबुक संस्थापकले पत्नीको लागि बनाए यस्तो ‘जिनियस’ बाकस

सोसल नेटवर्किङ्ग साइट फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेका छन् ।

जुकरबर्ग आफैंले हालै आविष्कार गरेको एउटा डिभाइसको तस्वीर हो त्यो ।

तर जुकरबर्गको त्यो आविष्कार सोसल मिडिया प्लाटफर्मसँग सम्बन्धित छैन । वास्तवमा उनले एउटा काठको बाकस बनाएका छन् जुन बिहान ६ देखि ७ बजेसम्म चम्किन्छ ।

जुकरबर्गले आफ्नी पत्नी डाक्टर प्रिसिला चानका लागि उक्त बाकसको आविष्कार गरेका हुन् ।

आफूलाई उक्त बाकस बनाउनका लागि पत्नी प्रिसिलाबाट प्रेरणा प्राप्त भएको जुकरबर्गले उल्लेख गरेका छन् ।

फेसबुक पोष्टमा उनले लेखेका छन्, ‘बिहान बच्चालाई तयार गर्नका लागि उनी उठेर आफ्नो फोनमा कति बज्यो ? भनेर समय हेर्ने गर्दछिन् । यसरी बिहान ढिलो उठिन्छ कि भनेर चिन्ता गरेर सुत्दा राम्रोसँग निद्रा नै पर्दैन उनलाई । एकपटक घडी हेरेपछि फेरि सुत्न सक्दिनन् ।’

उनका अनुसार, काठको बाकसबाट निस्कने प्रकाशले समयको जानकारी दिनेछ र यो चम्किएपछि पत्नी वा आफूमध्ये एकजना उठेर बच्चालाई तयार गर्नुपर्ने समय भयो भन्ने जानकारी दिनेछ । यसको प्रकाशले निद्रा पनि नबिथोल्ने उनको भनाइ छ ।

जुकबरर्गले अगाडि लेखेका छन्, ‘यो बक्सले समय देखाउँदैन, जसका कारण चानलाई समयको बारेमा चिन्ता हुँदैन । अहिलेसम्म यसले अपेक्षाभन्दा पनि राम्रो काम गरिरहेको छ । अब उनी राम्रोसँग सुत्न पाउनेछिन् । एक इन्जिनियरको रुपमा आफ्नो जीवनसाथी राम्रोसँग सुत्न सकून् भनेर यस्तो डिभाइस बनाउनु उनीप्रति माया र आभार प्रकट गर्ने मेरो लागि सबैभन्दा उत्तम तरिका हो ।’

जुकरबर्गको यो पोस्टमा ठूलो संख्याका कमेन्ट्स आएका छन् । फेसबुकका पूर्व म्यानेजर डेभ मार्टिनले उक्त डिभाइसलाई जिनियस नामाकरण गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment