Comments Add Comment

पाठ्यपुस्तकको त्रुटिप्रति जनक शिक्षाले माफी माग्यो, बिग्रेको किताब साट्न सकिने

१७ वैशाख, काठमाडौं । पाठ्यपुस्तक छपाइमा भएको त्रुटिप्रति जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले क्षमा मागेको छ । साथै उसले त्रुटि हुँदाहुँदै पाठकका हातमा पुगेका पुस्तक फिर्ता गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।

विद्यालयस्तरीय पुस्तक छाप्दै आइरहेको लिमिटेडले बिक्री वितरणका लागि बजारमा पठाएका विभिन्न कक्षाका पुस्तकहरुमा छपाइ त्रुटि भेटिएको थियो । गल्ती भेटिएपछि विद्यार्थीको जीवनमाथि खेलबाड गरिएको भन्दै लिमिटेडको चर्को आलोचना भइरहेको छ ।

तर, लिमिटेडले सजग रहँदारहँदै पनि त्रुटि भएको भन्दै माफी मागेको छ । मंगलबार एक सूचना जारी गर्दै उसले त्रुटिप्रति क्षमा मागेको हो ।

लिमिटेडले त्रुटि भएका पुस्तक फिर्ता गर्नसमेत सम्बन्धित सबैमा आग्रह गरेको छ । लिमिटेडका अनुसार विद्यार्थीहरुले केन्द्रका कार्यालयहरुबाट पाठ्यपुस्तक साट्न सक्नेछन् ।
यो पनि पढ्नुहोस पाठ्यपुस्तकभरि त्रुटि नै त्रुटि !
‘छपाइमा कुनै त्रटि भएको भेटिएमा नजिकमा रहेको यस केन्द्रका कार्यालयहरुबाट पाठ्यपुस्तक साट्न सकिने व्यवहोरा सम्बन्धित सबैमा अनुरोध छ’, जनक शिक्षाद्वारा जारी सूचनामा भनिएको छ ।

जनक शिक्षाको पुस्तक छपाइ त्रुटिसँगै सर्वसुलभ उपलब्धतामा समस्या देखिँदै आएको छ । दुर्गम क्षेत्रमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पुस्तक नपुग्ने रोग पुरानै हो । तर, लिमिटेडले यस वर्ष भने समयमै  देशका सबै स्थानहरुमा पाठ्यपुस्तक पुर्‍याइसकेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment