+
+
Shares

नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
  • टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र शाहले आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
  • शाहले कम्पनीका सेवा र सुविधाको प्रचारप्रसार तथा ब्रान्ड प्रवर्द्धनमा भूमिका खेल्नेछिन् ।

काठमाडौं । नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ब्रान्ड एम्बेसडर बनेसँगै शाहले कम्पनीले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा भूमिका खेल्ने जनाइएको छ । सोही कार्यक्रममा नेपाली क्रिकेट खेलाडीलाई पनि ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक पहाडीले मनोरञ्जन र खेलकुद क्षेत्रका स्थापित व्यक्तिहरूको आबद्धताले युवापुस्तालगायत अन्य नागरिकसँग नेपाल टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने बताइन् ।

अभिनेत्री शाहले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफू गौरवान्वित र उत्साहित भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?