+
+
Shares

जापानमा नरुहितो बने राजा, ‘नयाँ युग’ सुरु भएको दावी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १०:४६

१८ वैशाख, काठमाडौं । जापानमा नरुहितोले राजगद्दी सम्हालेका छन् । उनले गएराति औपचारिक रुपमा सिंहासन सम्हालेका हुन् ।

सन् १९८९ मा गद्दी आरोहण गरेका अकिहितोले ३० वर्षपछि मंगलबार पद त्यागेका थिए । आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै अकिहितो गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् ।

उनलाई इम्पिरियलको च्याम्बरमा एक तलवार दिइयो, जुन वीरताको प्रतीक मानिन्छ । उनलाई जापानको शाही खजाना पनि दिइएको थियो । यसलाई सामान्य तर गहन सांकेतिक अर्थ राख्ने विधि मानिन्छ ।

नरुहितो नयाँ राजा बनेपछि जापानमा ‘रेवा’ अर्थात् ‘नयाँ युग’ सुरु भएको बताइन्छ । नयाँ राजा पाएको खुसियालीमा जापानमा २२ अक्टुबरसम्म बिभिन्न समारोह आयोजना भइरहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

५९ वर्षीय नरुहितो सामु आफ्नो परम्पराको बीच शाही परिवारलाई आधुनिक बनाउने र समकालीन जापानमा आफ्नो प्रासंगिकता कायम राख्ने र बुवा अकिहितोको विरासत जोगाउने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?